काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) दुवै कम्पनी नोक्सानीमा रहेका छन् । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार बालाजु २३ करोड ४० लाख र तराइले ११ करोड ८९ लाख रुपैयाँ नोक्साीमा रहेका छन् ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बोटलर्स नेपाल (बालाजु) ले २३ करोड ४० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नोक्सानी १४ करोड ४७ लाख रुपैयाँ थियो । त्यस्तै, गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ७ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा रहेको बोटलर्स नेपाल (तराई) चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ११ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ ।
समीक्षा अवधिमा बोटलर्स नेपाल (बालाजु) को सञ्चालन आम्दानी ४ अर्ब ५८ करोडबाट घटेर ४ अर्ब ३६ करोडमा झरेको छ । त्यस्तै बोटलर्स नेपाल (तराई) को यस्तो आम्दानी ३ अर्ब ६८ करोडबाट घटेर २ अर्ब ९६ करोडमा सीमित भएको छ। पुस मसान्तसम्ममा बोटलर्स नेपाल (बालाजु) को प्रतिसेयर आम्दानी २४० रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ३ हजार २७९ रुपैयाँ रहेको छ । सो अवधिसम्ममा बोटलर्स नेपाल (तराई) को प्रतिसेयर आम्दानी १९७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ३ हजार ३७९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्