काठमाडौं । मंगलबार सेयर बजार परिसूचक सामान्य बढेको दिन चार कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेका छ । आज सिलेक्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, रसुवागढी हाइड्रोपवार र गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज सिलेक्स हाइड्रोको सेयर मूल्य १२३ रुपैयाँ ५० पैसाले बढेर १ हजार ३५८ रुपैयाँ ५० पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । त्यस्तै आज भगवती हाइड्रोपावर सेयर मूल्य पनि आज १० प्रतिशत अर्थात् १ हजार १८७ रुपैयाँ पुगेको छ । त्यस्तै रसुवागडी हाइड्रोपावरको सेयर मूल्य आज ४४ रुपैयाँ ३० पैसाले बढेर ४८७ रुपैयाँ ३० पैसा पुगेको छ । यो पनि अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो ।
आज गार्डियन माइक्रो लाइफको सयर मूल्य ३६ रुपैयाँ ४० पैसाले बढेर ४०० रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । आज धेरै बढ्ने पाँच कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९९ रुपैयाँ ७० पैसाले बढेर १ हजार २६९ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.५२ प्रतिशतले बढी हो ।
प्रतिक्रिया दिनुहोस्