Skip to content
Prabhu

कसैलाई ज्यान दिन सकिँदैन भने लिन पनि हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई ज्यान दिन सकिँदैन भने कसैको ज्यान लिन पनि नहुने बताएका छन् । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिँदै अरुको ज्यान लिन उद्यत हुने सोच उपयुक्त नभएको बताएका हुन् ।

सुवालले ठूला भ्रष्टाचारी र मानव अधिकार गम्भीर उलंघन गर्नेलाई मृत्युदण्डको सजाय समेत हुने कानुनी व्यवस्था नभएसम्म जनताको हित र समाजवाद कार्यान्वयन होला र भन्दै प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफमा ओलीले संविधान र पम्पराका कारण मृत्यु दण्डको सजाय राख्न नमिल्ने बताए । ‘भ्रटाचारीलाई मृत्युदण्ड गर्ने व्यवस्था गर्न मिल्दैन । अर्को, कुरा कानुनले गरेको फैसला हामी मान्छौँ । कानुनको फैसला मान्छेले नै गर्ने हो । मृत्यु दण्डको सजाय दिएपछि फैसला सच्याउन सकिँदैन’, उनले भने, ‘उसको रेपुटेसन र कारोबार सच्याउन सकिँदैन । जुन चिज दिन सकिँदैन भने लिन हुँदैन । कसैलाई ज्यान दिन सकिँदैन भने लिन पनि हुँदैन ।’

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal