काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रममा सांसद प्रभु साहले प्रश्न सोध पछि आक्रोशित बनेका छन् । उनले युवा विदे जान सुर गरेको ८ महिनादेखि हो ? म मेनपावर व्यवसायी हुँ ? भन्दै आक्रोश पोखेका हुन् ।
‘उहाँका प्रश्नहरू उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश आदीले अपमानजनक पनि रहेका छन् । संसद्जस्तो गरिमामय ठाउँमा यस्तोवाला भाषा कि विदेश युवा पठाएर के लाभ भयो जस्ता भाषा,’ प्रधानमन्त्री ओलीले आक्रोशित हुँदै प्रश्न गरे, ‘के म मेनपावर व्यवसायी हो ? उनले थप प्रश्न गरे, ‘अहिले म सरकारमा आएपछि यो ८ महिनाबाट सुरु भएको हो ।
तपाईंले भनेका ७० लाख ८ महिनामा गएका हुन् ?’ प्रधानमन्त्रीको जवाफमा सांसद शाहले प्रतिवाद गर्न खोजे । उनलाई सभामुख देवराज घिमिरेले समय दिएनन् । प्रधानमन्त्री ओलीले पनि अन्य प्रश्नहरूको जवाफ दिएनन् ।
प्रतिक्रिया दिनुहोस्