Skip to content
Prabhu

उड्डयन क्षेत्रलाई जोगाउन सरकार गम्भीर हुनुपर्छः वायुसेवा संचालक संघ

काठमाडौं । वायुसेवा संचालक संघले युरोपियन युनियनको आगामी बैठकपछि नेपाल हवाई सुरक्षा सूचीबाट हट्ने विश्वास लिएको छ । ईयूको आगामी बैठकमार्फत नेपाल हवाई सुरक्षा सूचीबाट नहटे सरकार तथा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले हालको नियमहरुमा समय साक्षेप परिवर्तन गरी नेपालको भूगोल सुहाउँदो आवश्यक वायुयानहरुको उचित पहिचान गरी वायुयान खरिद, मर्मत तथा एभिएसन प्रडक्टको वैकल्पिक बजार बिस्तार गर्नु पर्ने वायुसेवा संचालक संघले जनाएको छ ।

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक तथा सदस्य वायुसेवा कम्पनीका पदाधिकारीको उपस्थितिमा ईयूको हवाई सुरक्षा सूचीबाट हटाउने सम्बन्धमा गहन छलफल भएको संघले जनाएको छ । आफूहरुले गरेको कामको उचित मूल्याकंन गर्दै युरोपियन यूनियनको हेडक्वाटर्स ब्रसेल्समामा बस्ने सेफ्टी कमिटीको आगामी मिटिङले सुरक्षा सूचीबाट हटाउने पूर्ण विस्वास लिएको संघले विज्ञप्तिमार्फत बुधबार विभिन्न सञ्चार माध्यमहरुमा नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपेली हेलिकप्टर आयातमा प्रतिबन्ध लगाएको समाचारप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

global
अर्घाखाँची सिमेन्ट

नेपाली बजारमा ९० प्रतिशतभन्दा बढी बजार हिस्सा युरोपेली वायुयानहरुको हुनुका साथै जहाज, पार्टपूर्जा तथा तालिमबापत वार्षिक अर्बौं रुपैयाँ युरोपियन कम्पनीसँग कारोबार भई रहेको संघले जनाएको छ । नेपाली हवाई सेवालाई सन् २०१३ देखि सुरक्षा सूचीमा राखे पश्चात संघका सदस्य वायुसेवा कम्पनीहरुले अहोरात्र खटी नेपाल नागरिक उड्डयन प्राधिकरणको सेफ्टी स्ट्यान्डर्डले निर्दिष्ट गरे अनुसारको कार्य गरी विभिन्न चरणहरु पार गरे पनि हालसम्म उक्त सूचीबाट हट्न नसकेको हुदाँ नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सदस्य वायुसेवा कम्पनीहरु तथा अन्य सरोकार निकायहरु यस सम्बन्धमा तदारुकताका साथ लागि परिरहेको संघले जनाएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal