Skip to content
Prabhu

१६ औँ दिन पनि गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा लगातार १६ कारोबार दिन पनि सकारात्मक सर्किट लागेको छ । माघ २७ गतेदेखि कारोबार सुरु भएको यो कम्पनीको सेयर मूल्य मंगलबारसम्म लगातार १६ दिन सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।

मंगलबारको कारोबार खुल्न वित्तिक कम्पनीको सेयर मूल्यमा सर्किट लागेर कारोबार बन्द भएको छ । आजको कारोबार खुल्न वित्तिकै यो कम्पनीको सेयर मूल्य १२५ रुपैयाँ ६० पैसाले बढेर १ हजार ३८२ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

कारोबार खुलेको पहिलो मिनेटमा नै यो कम्पनीमा सर्किट लागेको हो । ४ मिनेटको कारोबार अवधिमा समग्र नेप्से परिसूचक पनि ८ दशमलव २३ अंकले बढेर २८८४ दशमलव ९० विन्दुमा पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्