भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका एकल, दलित, श्रमिक तथा विपन्न महिलालाई सम्मानसँगै आवश्यक सहयोग गरिएको छ । ११५औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा गाउँपालिकाले नौ वटै वडाका महिलालाई सम्मानसहित सहयोग गरेको हो ।
गाउँपालिकाभित्रका सबै वडालाई समेटेर समाजमा सङ्र्घष गरिरहेका एकल, दलित, विपन्न महिलालाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मानसहित सहयोग गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । ‘दिवसका अवसरमा पालिकाले बर्सेनि विभिन्न रचनात्मक काम गर्दै आएको छ’, उनले भनिन्, ‘यो वर्ष समस्यामा रहेका महिलालाई सम्मानसहित दैनिक आवश्यक पर्ने सामग्री सहयोग गरेका हौँ ।’
प्रतिक्रिया दिनुहोस्