Skip to content

टेम्केमैयुङका एकल, दलित तथा श्रमिक महिला सम्मानित

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका एकल, दलित, श्रमिक तथा विपन्न महिलालाई सम्मानसँगै आवश्यक सहयोग गरिएको छ । ११५औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा गाउँपालिकाले नौ वटै वडाका महिलालाई सम्मानसहित सहयोग गरेको हो ।

गाउँपालिकाभित्रका सबै वडालाई समेटेर समाजमा सङ्र्घष गरिरहेका एकल, दलित, विपन्न महिलालाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मानसहित सहयोग गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । ‘दिवसका अवसरमा पालिकाले बर्सेनि विभिन्न रचनात्मक काम गर्दै आएको छ’, उनले भनिन्, ‘यो वर्ष समस्यामा रहेका महिलालाई सम्मानसहित दैनिक आवश्यक पर्ने सामग्री सहयोग गरेका हौँ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi