एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय लिएका गरेको ट्यारिफसम्बन्धी नीतिले विश्वभरका लगानीकर्ता हच्किएका छन् । जसको असर विश्वका अधिकां शेयर बजारमा देखिएको छ । राष्ट्रपति ट्रम्पकै नीतिलाई वाल स्ट्रिटले समर्थन गरिरहेका बेलामा पछिल्लो समय एस एण्ड पी ५०० मा चार खर्ब डलरको गिरावट देखिएको छ ।
ट्रम्पको अमेरिकाका प्रमुख व्यापापिक मुलुकहरु चीन, क्यानडा र मेक्सिकोबाट आयात हुने सामान लागू गर्ने गरी नयाँ ट्यारिस घोषणाका कारण व्यवसायी, उपभोक्ता र लगानीकर्तामा अनिश्चितता छाएको छ । “हामीले स्पष्टसँग ठूलो मनोवैज्ञानिक सिफ्ट देख्न सक्छौँ, पहिले जे काम भइरहेको थियो, त्यो अहिले त्यसरी भइरहेको छैन”, वेल्थ इन्ह्यानसमेन्टका वरिष्ठ लगानी रणनीतिकार अयाको यासिओकाले भने ।
सोमबार पनि शेयर बजारको गिरावट अझै गहिरियो । एस एण्ड पी ५०० २.७ प्रतिशतले घट्यो । जुन यस वर्षकै सबैभन्दा ठूलो दैनिक गिरावट हो । नास्डाक कम्पोजिट ४ प्रतिशतले घट्यो । जुन सेप्टेम्बर २०२२ यताकै एकैदिनमा देखिएको सबैभन्दा ठूलो गिरावट हो ।
सोमबार मात्रै एस एन्ड पी ५०० फेब्रुअरी १९ को कीर्तिमानी विन्दुबाट ८.६ तल झ¥यो । यो १० प्रतिशत कटौतीको नजिक पुगेको छ, जुन सूचकांकको सुधारको संकेत मानिन्छ । प्रविधिसम्बन्धी कम्पनी हावी भएको नास्डाक डिसेम्बरयता उच्च बिन्दुबाट १० प्रतिशतभन्दा बढी तल झरिसकेको छ ।
राष्ट्रपति ट्रम्पले केही दिन अघि आर्थिक मन्दी आउनेबारे कुनै भविष्यवाणी गर्न अस्वीकार गरे । तर लगानीकर्ताहरू उनको व्यापार नीतिको प्रभावबारे चिन्तित छन् ।
“क्यानडा, मेक्सिको र युरोपसँगको ट्यारिफ युद्धले कम्पनीका बोर्ड तथा उच्च व्यवस्थापनहरूलाई भविष्यको बाटो पुनर्विचार गर्न बाध्य बनाएको छ”, लाजार्डका सीइओ पीटर ओर्सागले ह्युस्टनको केराविक सम्मेलनमा भने ।
“चीनसँगको तनाव बुझ्न सकिन्छ, तर क्यानडा, मेक्सिको र युरोपसँगको तनाव अनावश्यक जस्तो देखिन्छ । यदि यो केही महिनाभित्र समाधान भएन भने, यसले अमेरिकी अर्थतन्त्र र विलय तथा अधिग्रहण गतिविधिमा गम्भीर क्षति पु¥याउन सक्छ”, उनले थपे ।
डेल्टा एयरलाइन्सले सोमबार आफ्नो पहिलो त्रैमासिक नाफाको अनुमान आधा घटाएको छ । जसले बजारमा १४ प्रतिशतको गिरावट ल्यायो । यसका लागि एयरलाइन्सका सीइओ एड बास्टियनले राष्ट्रपति ट्रम्पले लिएको आर्थिक नीतिको अनिश्चिततालाई यसको दोष दिएका छन् ।
लगानीकर्ताहरू पनि सांसदहरूले संघीय सरकार आंशिक रुपमा बन्द हुनबाट जोगाउनका लागि वित्तीय विधेयक पारित गर्ने वा नगर्ने विषयमा हेरिरहेका छन् । बुधबार अमेरिकी मुद्रास्फीति प्रतिवेदन आउने अपेक्षा गरिएको छ ।
“ट्रम्प प्रशासनले शेयर बजारको गिरावटलाई सहज रूपमा स्वीकार गरिरहेको जस्तो देखिन्छ र उनीहरू आफ्नो लक्ष्यहरू पूरा गर्नका लागि मन्दीलाई पनि स्वीकार गर्न सक्छन्”, बायर्डका लगानी रणनीतिकार रोस मेफिल्डले भने, “यो वाल स्ट्रिटका लागि ठूलो चेतावनी हुनसक्छ ।”
सन् २०२४ को जुलाईसम्मको सेन्ट लुइस फेडरल रिजर्भ बैंकको तथ्यांकअनुसार अमेरिकीको कूल धनीहरुमध्ये ५० प्रतिशतभन्दा मुनीकाले कुल कर्पोरेट इक्विटीहरू र म्युचुअल फण्ड सेयरमध्ये एक प्रतिशत मात्रै हिस्सा ओगट््छन् । जबकि शीर्ष १० प्रतिशत धनी वर्गको स्वामित्वमा सोही अनुपात ८७ प्रतिशत छ ।
एस एण्ड पी ५०० ले सन् २०२३ र सन् २०२४ मा लगातार २० प्रतिशतभन्दा बढी वृद्धि गरेको थियो । विशेष गरी एनभिडिया र टेस्ला जस्ता प्रविधि कम्पनीहरूको कारण त्यो सम्भव भएको थियो । तर, यी कम्पनीहरू सन् २०२५ मा संघर्ष गरिरहेका छन्, जसले प्रमुख सूचकांकहरूलाई असर गरिरहेको छ ।
सोमबार एस एण्ड पी ५०० को प्रविधि क्षेत्र ४.३ प्रतिशतले घट्यो ।। जबकि एप्पल र एनभिडिया दुवै करिब ५ प्रतिशतभन्दा बढीले घटे । टेस्लाको शेयर मूल्य १५ प्रतिशतलेघट्यो । जसका कारण बजारले करिब १२५ अर्ब डलर गुमायो ।
अन्य जोखिमपूर्ण सम्पत्ति पनि प्रभावित भए । जस्तै बिटक्वाइन ५ प्रतिशतले घट््यो युटिलिटीज क्षेत्रमा एक प्रतिशतको वृद्धि देखियो । साथै अमेरिकी सरकारी ऋणपत्रहरूको माग पनि बढेको देखियो ।
लगानीकर्ताको असहजता
एस एण्ड पी ५०० ले ट्रम्पको नोभेम्बर ५ को चुनावपछि आर्जन गरेको सबै लाभ गुमाइसकेको छ । यो त्यही समयदेखि लगभग ३ प्रतिशत तल झरेको छ । हेज फन्डहरूले शुक्रबार दुई वर्षयताकै सबैभन्दा धेरै स्टक विक्री गरेका छन् । जसलाई गोल्डम्यान स्याक्सले सोमबार सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।
ट्रम्पको कर कटौती र नियमन खुकुलो पार्ने नीति स्टक बजारका लागि लाभदायक हुने अपेक्षा गरिएको थियो । तर ट्यारिफ जस्ता अनिश्चितताले लगानीकर्ताको भावनालाई असर पारेको छ ।
“सबैलाई लागेको थियो कि ट्रम्पको कार्यकालमा सबै कुरा उत्कृष्ट हुनेछ”, जोन्स ट्रेडिङका मुख्य बजार रणनीतिकार माइकल ओ’रोरकेले भने, “तर, जब संरचनात्मक परिवर्तन आउँछ, अनिश्चितता र तनाव हुन्छ ।” हालैको गिरावट भए पनि पुँजीबजारका मूल्यांकनहरू अझै ऐतिहासिक औसतभन्दा धेरै माथि छन् ।
एस एण्ड पी ५०० गत शुक्रबारको आधारमा आगामी वर्षका आम्दानी अनुमानको २१ गुणा मूल्यांकनमा थियो, जबकि यसको दीर्घकालीन औसत १५.८ गुणा छ ।
“धेरै लगानीकर्ताहरू अमेरिकी शेयर बजारको उच्च मूल्यांकनबारे लामो समयदेखि चिन्तित थिए, र बजार गिरावटको लागि केही कारण खोजिरहेका थिए”, एजे बेलका लगानी विश्लेषक ड्यान कोट्सवर्थले भने, “ट्रेड वार, भू–राजनीतिक तनाव र आर्थिक अनिश्चितताहरूको मिश्रणले त्यो कारक बन्न सक्छ ।”
डोइच बैंकका विश्लेषकहरूका अनुसार, लगानीकर्ताहरूको इक्विटी स्थिति पछिल्ला हप्ताहरूमा घटेको छ, र यो पहिलो पटक अलिकति नकारात्मक स्थितिमा पुगेको छ । ट्रम्पको २०१८–२०१९ को कार्यकालमा चीनसँगको व्यापार युद्धको समयमा जस्तै, यदि इक्विटीको मूल्यअझै तल झरेको खण्डमा, एस एण्ड पी ५०० ले ५३०० सम्म गिरावट ल्याउन सक्छ, जुन अहिलेको स्तरभन्दा ५.५ प्रतिशतभन्दा तल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्