जनकपुरधाम । होली खेल्ने क्रममा विवाद भएपछि छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट जनकपुरधाम उपमहानगरपालिका– २३ बिन्हीका १९ वर्षीय आँसु यादवको मृत्यु भएको हो ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले होली खेल्ने क्रममा विवाद हुँदा छुरा प्रहारबाट घाइते यादवको मृत्यु भएको पुष्टि गरे ।
उनका अनुसार छुरा प्रहार गरेको आरोपमा २१ वर्षीय धर्मेन्द्र महतो पक्राउ परेका छन् । डीएसपी सिंहले घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्