काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटेको हो ।
त्यस्तै निगमले डिजेल र मट्टीतेलको मूल्य पनि प्रतिलिटर ४ रुपैयाँले मूल्य घटेको छ । घटेको नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोल १६३ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँ प्रतिलिटर कायम हुनेछ ।
समायोजन भएको नयाँ मूल्य अनुसार पहिलो वर्गमा पेट्रोल १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका १६२ रुपैयाँ र तेस्रो वर्गका लागि १६३ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेल पहिलो वर्गमा १४८ रुपैयाँ, दोस्रो वर्गमा १५० रुपैयाँ र तेस्रो वर्गमा १५१ रुपैयाँ पुगेको छ ।
पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, अधगढी र वीरगञ्ज रहेका छन् । त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ्ग तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्