Skip to content
Prabhu

महाधिवेशनमा आएका प्रतिनिधिहरुलाई नेपाल उद्योग तथा व्यवसायी महासंघले गर्‍यो आभार व्यक्त्त

nabil

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले महाधिवेशनमा आएका प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गरेको छ । महासंघले आज विज्ञप्ति जारी गर्दै काठमाडौंमा सम्पन्न भएको तेस्रो महाधिवेशनमा आएका प्रतिनिधिहरुलाई धन्यवादन ज्ञापन गरेको हो ।

महासंघको तेस्रो महाधिवेशन चैत ८ र ९ गते काठमाडौंको कार्की बैंकेटमा सम्पन्न भएको थियो । यस महाधिवेशनमा देशभरबाट ९ सय जना उद्योगी व्यवसायीहरु प्रतिनिधिको रुपमा सहभागी हुनुभएको थियो । महाधिवेशनलाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । उक्त महाधिवेशनमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघलगायत निजी क्षेत्रका सम्पूर्ण उद्योगी व्यवसायीहरुको समेत सहभागिता थियो । महाधिवेशनमा बदलिदो अन्तरराष्ट्रिय नयाँ घटनाक्रमले विश्वव्यापी रुपमा अर्थतन्त्रमा पार्न सक्ने प्रभाव र त्यसले नेपालको अर्थतन्त्र र निजी क्षेत्रलाई पुर्याउने असरको विषयमा समेत समिक्षा गरियो । त्यसका सकारात्मक र नकारात्मक पक्षका विषयमा समिक्षा गर्नुका साथै विगत ४ वर्षदेखि संकुचनमा गएको नेपाली अर्थतन्त्र विस्तारै लयमा फर्किरहेको अवस्थामा यसलाई थप गति दिलाउने सम्बन्धमा थप छलफल गरियो थियो ।

global
अर्घाखाँची सिमेन्ट

वर्तमान अवस्थामा उद्योगी व्यवसायीहरुले भोगिरहेका समस्या पहिचान गरी तत्कालै अप्ठ्यारोमा परेका व्यवसायीहरुलाई उद्दार गर्न १० बुँदा सहितको ‘इन्टरप्राईजेज अक्सिजन प्रोग्राम’ सरकारले तुरुन्तै ल्याउनुपर्ने निष्कर्ष सहित भागिरथ सापकोटाको नेतृत्वमा ९ सदस्यीय पदाधिकारी सहित ९९ सदस्यीय केन्द्रिय कमिटी चयन गरेको थियो । पदाधिकारीहरुतर्फ अध्यक्षमा भागिरथ सपाकोटा, उपाध्यक्षमा खुलातर्फ सुवर्ण श्रेष्ठ, महिलातर्फ शोभा गुरुङ, महासचिवमा बालकृष्ण शिवाकोटी, उपमहासचिवमा डिमप्रकाश पौडेल, सचिवहरुमा अर्थमा गोपाल खनाल, प्रचारमा राम राजा श्रेष्ठ, संगठनमा डोलनाथ खनाल र विदेश विभागतर्फ सरोज यादब चयन भएका छन् । यसैगरी तीन आयोगहरुमा लेखातर्फ राजकुमार तिम्लिसिना, अनुसाशनमा वालाराम छट्टराई र निर्वाचतर्फ टंक राउत सर्वसम्मतिमा चयन भएका थिए । केन्द्रिय सल्लाहकार परिषद्को संयोजकमा डा. तिलचन्द्र भट्टराईलाई चयन गरी उक्त महाधिवेशन सम्पन्न भयो ।

महाधिवेशनमा देशभरका दुर्गमदेखि सुगम क्षेत्रका व्यवसायीले उत्पादन गरेका बस्तुहरुसमेत प्रदर्शन गरी व्यवसायीलाई उत्साहित र प्रवद्र्धन गर्ने प्रयत्न गरिएको थियो । जहाँ पूर्व मेची देखि पश्चिम महाकालीसम्मका साना, लघु तथा घरेलु व्यवसायीहरुले आफ्ना उत्पादनहरु प्रदर्शनीमा राखिएको थियो । उक्त मेलालाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका महासचिव शंकर पोखरेलले निरिक्षण गरेका थिए । महाधिवेशनमा देशभरबाट प्रतिनिधित्व हुनेगरी विभिन्न विधामा ९ उत्कृष्ट व्यवसायी तथा संगठनलगायत महासंघलाई सहयोग पुर्याई योगदान गरेका ४ व्यवसायीलाई समेत सम्मान पनि गरिएको थियो ।

‘कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभई हामीलाई हौसला प्रदान सहित मार्ग निर्देश गर्नुहुने नेकपा एमालेका श्रद्धेय अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, नेकपा एमालेका श्रद्धेय महासचिव शंकर पोखरेलज्यू, नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालज्यू, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, महासंघका इन्चार्ज रचना खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, महासंघका पूर्व अध्यक्ष माननीय एलपी साँवा लिम्बु, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल, सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डीराज ढकाल, महासंघका सल्लाहकार एवं पूर्व उपाध्यक्षज्यूहरुलगायत सम्पूर्ण अतिथिहरुप्रति धन्यवाद तथा हार्दिक आभार व्यक्त गर्न चाहन्छौं । सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई यो महाधिवेशनबाट आएका निष्कर्षहरुको पक्षमा दरोसँग उभिन समेत अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो महाधिवेशनलाई सफल पार्न मेलामा सहभागी उद्यमीहरु, महाधिवेशनमा भाग लिन देशभरबाट आउनुहुने प्रतिनिधिहरु, महाधिवेशनलाई सफल बनाउन अहोरात्र खट्नुहुने आयोजक कमिटी र सम्पूर्ण उपसमितिका संयोजक र सदस्यहरु, हाम्रो महाधिवेशनलाई सरकार र जनतासमक्ष पुर्याउन सहयोगीको भुकिका खेल्नुहुने पत्रकारज्यूहरुलगायत व्यवस्थापनमा सहयोग गर्ने कार्की बैंकेट, सुरक्षाकर्मी साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।’

‘ईन्टरप्राईजेज अक्सिजन कार्यक्रम’Enterprises Oxygen Programme को घोषणा

इतिहासमै अहिले हाम्रो व्यावसायिक जगत जटिल र अप्ठ्यारो एवं प्रक्षेपण विमुख अवस्थाबाट गुज्रिरहेको छ । विश्वव्यापी रुपमा आएको कोरोना महामारी र त्यस पछिको रुस युक्रेन युद्धजस्ता बाह्य परिस्थितीबाट सिर्जित समस्याका कारण यति लामो समयदेखि समस्याग्रस्त अवस्थाबाट गुज्रिरहेको नेपालको व्यवसायी जगतले यस्तो जटिल अवस्था नत विगतमा भोगेका थिए भने अबका दिनमा पनि भोग्न नपरोस भन्ने हाम्रो धारणा छ । यस्तो अवस्थाबाट गुज्रिरहेको साना मझौला ठूला व्यवसायीहरुलाई भर्खरै मात्र जारी भएको अध्यादेशले केही हदसम्म मलम लगाउने काम भएको छ । तर पनि हामीले यो क्षेत्रलाई पुनः व्युताउँदै उत्साहित गराउन र सहज तरिकाले हिडाउन एउटा गतिलो कार्यक्रम सरकारले ल्याउन पर्छ । जसले सिङ्गो निजी क्षेत्रको मनोबल उठाउने छ । सोका लागि हामीले महाधिवेशनबाट ‘व्यवसायीक अक्सिजन कार्यक्रम’ Enterprises Oxygen Programme को रुपमा केही १० बुँदे घोषणा समेत जारी गरेका छौं ।

१.Financial Oxygen to Enterprises : व्यवसाय जगतलाई ईक्विटी इन्जेक्ट गरेर उद्धार गर्नुपर्ने । वित्तीय संस्थाको ऋणको बोझले थिचेर उठ्न नसक्ने अवस्थाका उद्योग व्यवसायलाई सरकारले थप ईक्विटी इन्जेक्ट गरेर संचालनमा ल्याउने वातावरण निर्माण गर्नुपर्छ ।

२. Adminitration Relaxation : व्यवसायीहरुलाई सहि ढंगबाट संचालन गर्न उनीहरुले भोगिरहेका प्रशाशनिक झण्झट अन्त गर्ने खालको कार्यक्रम आवस्यक छ । यसका लागि सरकारले बिशेष कार्यक्रम ल्याउनु पर्दछ ।

३. Simplifration of process : हामीकहाँ व्यवसाय व्यवस्थापन, कर तथा भन्सार भूक्तानी, कम्पनी वा व्यवसाय बन्द लगायतका प्रक्रियाहरुलाई सरल र सहज बनाउन आवश्यक छ । यसको लागि राज्यले बिशेष कार्यक्रम ल्याउनुपर्दछ ।

४. Remodaling Oppercunity of Business ; कोभिड–१९ पश्चात संसारभरि कोभिड अगाडि र पछाडिका व्यवसायिक मोडल भन्न शुरु गरिएको छ । कोभिड–१९ पछाडि Work from home, Zoom Meeting र Internet को प्रयोग जस्ता कुरा प्रभावकारी रुपमा अगाडि आएका छन् । पुराना व्यवसाय र अवसरहरुलाई नयाँ ढंगबाट आधुनिकीकरण गर्न आवश्यक छ । यस्तो परिस्थितीमा राज्यबाट लिइएका हिजोका ऐन, कानून र नियमहरुलाई संशोधन गर्न आवश्यक छ, जुन कुरा हामीले राज्यलाई विस्तृत रुपमा बताउनु पर्दछ ।

५. Enabeling Inveloment For Consumption Growth : अहिले ३० प्रतिशत नागरिकहरु रोजगारी देखि विभिन्न शिलिसिलामा विदेशमा बसोबास गर्दै आएका छन् । जसले गर्दा हाम्रो उपभोगमा गिरावट आएको छ । अतः अबका दिनमा आन्तरिक उत्पादन बढाई सो उत्पादनलाई उपभोगमा बृद्धि गर्ने खालको कार्यक्रम अगाडी सार्नु जरुरी छ । जसबाट मागमा वृद्धि भई व्यवसायको आकारमा बृद्धि र विकाश हुन जान्छ ।

६. Tax Resium :  विगत लामो समय देखि अपनाउदै आएको हाम्रो कर प्रणालीले नत उत्पादन बढाउन सक्यो नत रोजगारी बृद्धि । यतिमात्र हैन यसले कर राजस्व समेत राम्रोसँग संकलन गर्न सकेन । अतः यो प्रणालीलाई हामीले नयाँ मोडेलबाट पुनः शुरु गर्ने योजनाको विकास गर्नु आवश्यक छ ।

७. रुग्ण उद्योग संचालन गर्ने व्यवस्था तत्काल गरिनुपर्ने ः कुनै पनि बन्द भएका उद्योगहरुले संचालन गर्न चाहेमा राज्य वा सम्बन्धित निकायहरुले प्राथमिकतामा राखेर संचालन गर्ने वातावरण बनाउने र त्यस्ता उद्योगलाई रुग्ण उद्योगको मान्यता सेवा सुविधा उपलब्ध गराउने । निर्यात मुलक तथा बढी रोजगारी दिने उद्योगलाई तत्काल सुविधा उपलब्ध गराईकन संचालनमा ल्याउने ।

८. निजी क्षेत्रले गरेका लगानीहरुको सुरक्षाको सन्दर्भमा नेपाल सरकारले विशेष पहल कदमी लिईरहेको छ र लिनेछ । यसमा सरकारले मात्रै पुग्दै सिंगो जनताको तहबाट पनि सुरक्षाका स्वतस्फूर्त पहल गर्ने वातावरण निर्माण गर्नुपर्छ ।

९. पहिलेनै कर तिरी कर फछ्र्यौट गर्दै आएका व्यवसायीहरुलाई पछिल्लो कर नीतिले समस्या पारेको हुँदा त्यसको समाधान गर्न तत्काल पहल गर्नुपर्ने ।

१०. छरिएर रहेका साना साना पुँजी जुटाई देशमा उद्योग व्यवसाय स्थापना गरी पुँजी निर्माण, रोजगारी सिर्जना र देशको राजस्वमा ठूलो योगदान दिने महत्वपूर्ण माध्यम सेयर बजार बनेको छ । ६५ लाख जनताहरु आवद्ध भैसकेको यो क्षेत्रलाई सामाजिक संजाल लगायत विभिन्न माध्यमाबाट लगानी निरुत्साहित तथा त्यसमाथि प्रहार गर्ने काम भइरहेको छ । त्यस्ता गतिविधिहरुलाई निरुसाहित गर्दै पुँजी बजारको दिगो विकास र विस्तारका लागि नीतिगत रुपमै सम्बोधन गर्नुपर्ने । हामीले उठाएका कुराहरु मात्र प्रयाप्त छैनन् । अरु पनि प्रसस्तै काम गर्नु पर्ने जरुरी छ । तर यति काम हामीले अहिले शुरु गर्ने वातावरण बनाउन सक्यौ भने प्यारालाईसिस भएर सुतिरहेको हाम्रो निजी क्षेत्र उठेर टुकु टुकु हिड्न सक्छन भन्ने हाम्रो विश्वास छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal