काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते संसदमा पेस हुने भएको छ । वैशाख १९ गते नीति तथा कार्यक्रम पेश गर्नेगरी प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार पारिएको हो ।
सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँगको छलफलपछि उक्त मस्यौदा तयार पारेका हुन् । त्यस्तै, आगामी जेठ २ गतेबाट प्रि–बजेट छलफल गर्ने प्रस्ताव सरकारले गरेको छ । उक्त क्यालेन्डर वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ ।
प्रतिक्रिया दिनुहोस्