काठमाडौं । बुधबार सेयर बजार उच्च अंकले घटेर कारोबार बन्द हुँदा दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ७८ रुपैयाँ ३० पैसाले बढेर ६६१ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले बढी हो । त्यस्तै आज क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् ६४ रुपैयाँ ७० पैसाले बढेर ७१२ रुपैयाँ ४० पैसा पुगेको छ ।
त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा राधी विद्युत कम्पनी, विन्दाबासिनी हाइड्रोपावर र सिजिजन सुपर ३० म्युचुअल फण्ड रहेका छन् । आज राधी विद्युतको सेयर मूल्य २४ रुपैयाँ ०१ पैसाले बढेर ५७७ रुपैयाँ ९५ पैसा पुगेको छ ।
यो अघिल्लो दिनको भन्दा ४.३३ प्रतिशतले धेरै हो । आज विन्दाबासीनि हाइड्रोको सेयर मूल्य २.७० प्रतिशत अर्थात् १४ रुपैयाँ ६९ पैसाले बढेर ५५७ रुपैयाँ ९२ पैसा पुगेको छ । त्यस्तै आज सिटिजन सुपर म्युचुअल फण्डको सेयर मूल्इ पनि ०.२४ रुपैयाँले बढेर ९ रुपैयाँ ३४ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.६४ प्रतिशतले धेरै हो ।
प्रतिक्रिया दिनुहोस्