काठमाडौं । बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । साताको सेयर कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव ५४ अंकले बढेर २६५६ दशमलव ४९ विन्दुमा पुगेको हो ।
आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स भने ० दशमलव २४ अंकले घटेर ४४५ दशमलव ७९ विन्दुमा पुगेको छ । उक्त सेसनमा आज १४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको सेयर मूल्य घटेको छ ।
बिहीबारको प्रि ओपन सेसनमा ३४ कम्पनीका २ हजार ६५४ कित्ता सेयर ४७ पटक खरिद बिक्री हुँदा १८ लाख ३१ हजार १९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्