Skip to content

कमजोर अर्थतन्त्र सुधार्ने गरी बजेट आओस्ः राप्रपा अध्यक्ष लिङ्देन

sf7df8f}F, #! h]7M ;+ljwfg ;+zf]wgdflysf] 5nkmndf /fk|kfsf lnªb]g k|ltlglw;efsf] zlgaf/sf] a}7sdf d'n'ssf] gofF gSzfnfO{ cg';"rLdf ;dfj]z ug{ k|:t't …g]kfnsf] ;+ljwfg -bf];|f] ;+zf]wg_ ljw]os, @)&& dfly bkmfaf/ 5nkmnsf qmddf efu lnFb} राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कमजोर अर्थतन्त्र सुधार्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्ने आवश्यकता औँल्याए ।

प्रतिनिधिसभाको चालु अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा धारणा राख्ने क्रममा अध्यक्ष लिङ्देनले शक्ति र पहुँचका आधारमाभन्दा पनि आवश्यकताका आधारमा बजेट ल्याइनुपर्नेमा जोड दिए ।

अर्घाखाँची सिमेन्ट
Hyundai

‘सरकारमा रहेका नेताको गोजीबाट बजेट बन्ने र उनीहरुको निर्वाचन क्षेत्रलाई मात्र पैसा दिने स्थितिको अन्त्य होस् । बजेट पुस्तिका च्यात्नुपर्ने र विरोध गर्नुपर्ने अवस्थाको अन्त्य होस्’, उनले भने ।

गत चैत १५ गते तीनकुनेमा भएको घटनाको न्यायिक छानबिनका लागि आयोग गठनको माग राप्रपाले पुनः दोहोर्याएको छ । उक्त घटनाका क्रममा प्रदर्शनकारीबाटभन्दा पनि सरकारपक्षबाट दमन भएको उनको आरोप छ ।

‘यदि त्यो घटना सुनियोजित थियो भने कुनै पनि प्रदर्शनकारीबाट प्रहरीले किन हतियार पक्रन सकेन ? प्रदर्शनकारीबाट लट्ठीसम्म बरामद भएको देखिँदैन’, उनले भने, ‘तर प्रहरीबाट ६५० भन्दा बढी राउण्ड अश्रुग्यास चलेको छ । अरु विभिन्न खालका फायरिङ भएका छन् ।’

उक्त प्रदर्शनसँग कुनै सम्बन्ध नै नरहेका र बाटो हिँडिरहेका व्यक्तिमाथि गोली प्रहार भएको लिङ्देनको भनाइ छ । प्रदर्शनका क्रममा भाटभटेनीमा भएको लुटपाटमा सत्तारुढ दलकै व्यक्तिहरु पक्राउ परेको र ती व्यक्तिलाई कारबाही नगरी छोडिएको आरोपसमेत उनले लगाए । उनले तीनकुने घटना प्रकरणमा न्यायिक आयोग गठनको पुनः माग गरे ।

त्यस्तै, राजसंस्थाको कुरा गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भनेर गलत भाष्य बनाइएको उनको भनाइ छ । ‘राजाको कुरा गर्नु भनेको लोकतन्त्रको विरोध होइन । राजसंस्था र लोकतन्त्र एकअर्काका विकल्प होइनन्’, उनले भने, ‘विश्वमा कतिपय देशमा राजसंस्थासहितको उन्नत प्रजातन्त्र प्रयोगमा छ ।’

राजनीतिक दल र सरकारले लोकतन्त्र विरोधी काम गरिरहेको आरोप पनि लिङ्देनको छ । लोकतन्त्रको विरोधी र पक्षमा को छ भनेर व्यवहारले देखाउने उनको भनाइ छ । राजनीतिक दलहरुले निरंकुश व्यवहार गर्न नहुने उनले संसद्मा उल्लेख गरे ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्