काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा आज बस्दैछ । कम्पनीको ८ औँ वार्षिक साधारणसभा आज रुपन्देहीस्थित कम्पनीको आफ्नै कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुने छ ।
उक्त सभाले मुख्य रूपमा सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको आधारमा ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्ने छ । यसका साथै सभाले गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ ।
त्यस्तै रिक्त सञ्चालक पदमा मनोनयन गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोही बमोजि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्