काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५ करोड ७९ लाख रुपैयाँ पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको ९ महिनासम्मको वित्तीय विवरण अनुसार कम्पनीको नाफा ५ करोड ७९ लाख रुपैयाँ पुगेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा गत आवको सोही अवधिको तुलनामा ७०.८० प्रतिशतले कम हो । गत आवको चैत मसान्तसम्मको अवधिमा कम्पनीको नाफा १९ करोड ८३ लाख रुपैयाँ रहेको थियो । नाफासँगै कम्पनीको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । गत आर्थिक वर्षको ९ महिनाको अवधिमा ३२ रुपैयाँ ८१ पैसा रहेको कम्पनीको ईपीएस घटेर ५ रुपैयाँ ५२ पैसामा झरेको छ ।
यस वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज १५ करोड ७० लाख रुपैयाँबाट दोब्बरभन्दा बढीले वृद्धि भएर झण्डै ३३ करोड रुपैयाँ पुगेकाले नाफा प्रभावित भएको हो । यद्यपि कम्पनीको खुद ब्याज आम्दानी भने ६४ करोड ५ लाख रुपैयाँबाट ५८ प्रतिशतभन्दा बढीले वृद्धि भएर १ अर्ब रुपैयाँ नाघ्दा सञ्चालन नाफा भने २५ करोड ६२ लाख रुपैयाँबाट घटेर साढे ७ करोड रुपैयाँमा झरेको छ ।
१ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा १ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी सञ्चिति रहेको छ भने जगेडा कोषमा ११ करोड ७१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
प्रतिक्रिया दिनुहोस्