काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।
वैशाख १७ गते सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ८.४२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस ८ प्रतिशत र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्