काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी दिगो बनाउने भएको छ ।
आज संयुक्त संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी दिगो बनाउने घोषणा गरे ।
‘स्वास्थ्यसम्बन्धी सबै सहायता, सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमा क्षेत्रमा आबद्ध गरिनेछ’ उनले भने, ‘स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी दिगो बनाइने छ ।’
सरकारले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्