Skip to content

राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ खिच्ने

काठमाडौं । बजारमा भएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलन उपकरण मार्फत ५० अर्ब रुपैयाँ तान्न लागेको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यो निक्षेप लिन चाहने इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

यसको साँवा र ब्याज भुक्तानी असार ६ गते हुनेछ । यसको ब्याजदर बोलकबोल बाट हुनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्