Skip to content
Prabhu

२४.८ मेगावाट क्षमताको बज्र मादि जलविद्युत आयोजनामा एनएमबी र कृषि विकास बैंकले लगानी गर्ने

काठमाडौं । बज्र इनर्जी भेन्चर्स प्रालिद्वारा प्रबर्धित बज्र मादि जलविद्युत आयोजनामा एनएमबी र कृषि विकास बैंकले लगानी गर्ने भएका छन् । एनएमबी बैंकको नेतृत्वमा कृषि विकास बैंकले यो आयोजनामा लगानी गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

२४.५ मेगावाट क्षेमताको आयोजना निर्माणका लागि ५३५ करोड रुपैयाँ लागन लाग्ने र त्यसमध्ये नेतृत्वकर्ता बैंक एनएबी बैंकले २५० करोड र कृषि विकास बैंकले १२४.५ करोड रुपैयाँ लगानी गर्ने भएका हुन् । बाँकी रहेको १६०.५ करोड रकममध्ये संस्थागत लगानीकर्ताको ७० प्रतिशत स्वपुँजी र आईपीओ मार्फत ३० प्रतिशत रकम जुटाउने कम्पनीले जनाएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

२०८५ साल कात्तिक १० गते देखि व्यापारिक उत्पादन सुरु गर्नु पर्ने मिति रहेको यो कम्पनीले ४२ महिनामा आयोजना निर्माण सम्पन्न गर्नु पर्ने छ । अहिले यो आयोजनामालाई २४.८ मेगावाट क्षमताबाट ३१ मेगावाटमा स्तरोन्नति गर्नको लागि प्राविधिक अध्ययन सम्पन्न गरि लाईसेन्स अपग्रेडको लागि विद्युत विकास बिभागमा आवेदन समेत गरिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्