Skip to content

गभर्नर नियुक्तिमा ढिलाइ हुँदा प्रचण्ड रुष्ट, आर्थिक क्षेत्रमा नकारात्मक असर पर्ने दाबी

बैतडी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गभर्नर नियुक्तिमा ढिलाइ हुँदा देशको आर्थिक क्षेत्रमा नकारात्मक असर पर्ने बताएका छन् । उनले चाँडो उक्त पदमा नियुक्तिको टुङ्गो लगाउन आग्रह गरे ।
अर्घाखाँची सिमेन्ट
Hyundai
आज बैतडीको पाटनबाट नेपाल कम्युनिष्ट माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग पुष्पलाल मार्ग केन्द्रित जनतासँग माओवादी जनजागरण अभियानको शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका उनले राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्ति गर्नुपर्ने भए पनि ढिलाइ भइरहेकोप्रति विरोध जनाए ।
“गभर्नर तुरन्तै नियुक्त हुनुपर्ने हो, तर अहिलेसम्म गरिएको छैन, यो जनताको हितविपरित छ”, उनले भने । तराईपहाड, हिमाललाई एकताबद्ध रुपमा जोड्न र आर्थिक समृद्धिमा टेवा पु¥याउन मध्यपहाडी लोकमार्ग जनजागरण अभियान सुरु गरिएको अध्यक्ष दाहालले बताए ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्