Skip to content

नेपाली रैथाने खाना खुवाइयो सगरमाथा संवादका पाहुनालाई

काठमाडौं । सगरमाथा संवादका सहभागीहरुको सम्मानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले शनिबार साँझ काठमाडौंमा आयोजना गरेको नेपाली सांस्कृतिक भोज सहभागी विदेशी पाहुनाहरुले निकै रुचाएका
छन् । सातै प्रदेशका मुख्य–मुख्य रैथाने परिकार तथा पेय पदार्थ प्रस्तुत गरिएको सो रात्रिभोज नेपाल पर्यटन बोर्ड र होटल संघ नेपालको संयोजनमा तयार पारिएको थियो ।

रात्रिभोजमा नेपालका लोकप्रिय थकाली, नेवारी, हिमाली, पहाडी तथा मधेसीलगायतका खानाका परिकारहरु होटल संघ नेपालका विशेषज्ञ सेफहरुको अगुवाईमा सोल्टी होटलमा तयार भएका हुन् । कार्यक्रममा लोक नृत्य तथा संगीतबाट पाहुनाहरुको स्वागत गरिएको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यस कार्यबाट मुलुकको खाना पर्यटनलाई अझ मजबुत ढंगबाट विश्व व्यापी प्रबर्द्धन हुने जनाउँदै होटल संघ नेपाललले गर्दै आएको मुलुकको रैथाने खानाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रबर्धनमा मजबुत बल पुगेको बताइएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्