Skip to content
Prabhu

आईपीओ निष्कासन गरेको ट्रेड टावरः जग्गा भाडामा लिएर भवन निर्माण, कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

काठमाडौं । ट्रेड टावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले कम्पनीले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई सेयर निष्कासन गरिसकेको छ । दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

चालु आवको पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ११३.३९ रुपैयाँ रहेको छ । आव २०८१/०८२ मा प्रति सेयर नेटवर्थ १०८.११ रुपैयाँ, आव ०८२/८३ मा ११२.४५ रुपैयाँ र आव २०८३/०८४ मा ११५.३९ रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।

चालु आवको पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.८८ रुपैयाँ रहेको छ । यस्तै आव २०८१/०८२ मा प्रतिसेयर आम्दानी २.२ रुपैयाँ, आव २०८२/०८३ मा ४.३३ रुपैयाँ र आव २०८३/०८४ मा ५.९५ रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।
आईपीओ निष्कासन गर्न लागेको यो कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५ करोड ६० लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

आव २०८१/०८२ मा कम्पनीको नाफा ६ करोड ६१ लाख ६३ हजार, आव २०८२÷८३ मा १० करोड १५ लाख ८ हजार रुपैयाँ र आव २०८३/०८४ मा १२ करोड ५५ लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण रहेको छ ।

हाल कम्पनीको अध्यक्षमा शिवहरि दंगाल छन् । कम्पनीको उनको ३०.८८ प्रतिशत अर्थात १२ लाख ९२ हजार १५७ कित्ता सेयर छ ।

ट्रेड टावरमा कम्पनीका सञ्चालकहरु सुष्मा लम्सालको २३.०९ प्रतिशत अर्थात ९ लाख ६६ हजार ३६६ कित्ता, सौगात दाहालको ८.७१ प्रतिशत अर्थात ३ लाख ६४ हजार ४८९ कित्ता, सतिश न्यौपानेको ३.४३ प्रतिशत अर्थात १ लाख ४३ हजार ३२५ कित्ता सेयर छ । यस्तै फ्यूचर स्टार डिजाइन एण्ड डेभलपर्स प्रालिको ३.८० प्रतिशत अर्थात १ लाख ५८ हजार ८०५ कित्ता, नवराज बिष्टको ०.११ प्रतिशत अर्थात ४ हजार ४३८ कित्ता सेयर स्वामित्व छ ।

२०६३ सालमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएर २०६७ जेठ १७ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भएर २०७८ माघ १२ गते नाम परिवर्तनपछि हाल ‘ट्रेड टावर लिमिटेड’ को नाममा संचालन हुँदै आएको छ । कम्पनीले लिजिङ्ग एण्ड फाईनान्सिङ्ग, प्रोजेक्ट डेभलपमेन्ट, पुर्वाधार विकासका क्षेत्रहरु लगायत होटेल, हस्पिटालिटि र पर्यटन क्षेत्रमा समेत कार्य गर्दै आएको जनाएको छ ।

कम्पनीको पहिलो परियोजना थापाथली स्थित ट्रेड टावर रहेको छ । नेपाल खाद्य संस्थानको जमिन ३० वर्षका लागि भाडामा लिएर कर्पोरेट कम्प्लेक्स निर्माण गरेको १५ वर्ष भएको छ । कम्पनीले ललितपुरको भैंसेपाटीमा १९० वटा अपार्टमेन्ट निर्माण तथा बिक्री गरीे दोस्रो परियोजना सञ्चालन गरेको छ ।

अहिले काठमाडौं महानगरपालिका–९ गौशालामा पशुपतिनाथ मन्दिरको दक्षिण तर्फ रिङ्गरोड जोडिएको करिब ४ रोपनी जमीन ३५ वर्षका लागि भाडामा लिएको छ । त्यहाँ होटल क्रिष्टल पशुपतिका नाममा ७ तल्ले भवन निर्माण गरेको छ ।
त्यसको आंशिक रुपमा होटल संचालन भई थप कोठाहरु,ब्याङक्वेट हलहरु तथा स्पाहरुको निर्माण कार्य भईरहेको जनाएको छ ।

भावि योजनामा कम्पनीले ७ वटै प्रदेशमा कम्तीमा एक एक वटा पर्यटन सम्बन्धी परियोजना विकास गर्ने लक्ष्य राखेको जनाएको छ । तत्काल नगरकोट र जर्सिङ्गपौवामा इको भिलेज अर्गानिक फार्म हाउस एण्ड एडभेन्चर टुरिजम परियोजना सुरु गर्ने रणनिति बनाएको जनाएको छ । यस्तै इटहरीमा स्वदेशी तथा विदेशी पर्यटकहरुका लागी सुविधा सम्पन्न पाँच तारे होटल परियोजनाको विकास गर्ने लक्ष्य रहेको जनाएको छ ।

ट्रेड टावर र होटल क्रिष्टल पशुपतिबाट आर्जित नाफाले जनकपुरमा आधुनिक करिब २ हजार जना अट्न सक्ने विवाह मण्डप सहितको सभा हलको निर्माण गर्ने जनाएको छ ।

देशको विभिन्न स्थानहरुमा जग्गा-भवन खरिद गरी वा भाडामा लिएर कम्पनी आफैले एकल रुपमा वा अन्य व्यवसायिक कम्पनी, व्यक्ति वा संघ-संस्थासंग सहभागी भएर आधुनिक सुविधा सम्पन्न कर्मसियल कम्पेक्स, सपिङ्ग कम्पेक्स, व्यापारीक केन्द्र, मल, डिर्पाटमेन्ट स्टोर जस्ता व्यवसायीक भवनहरु निर्माण गर्ने जनाएको छ । साथै सटर, कोठा, फ्ल्याट वा सम्पूर्ण भवन विभिन्न उपभोक्तहरुलाई भाडामा दिने वा बिक्री गर्ने जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्