Skip to content

‘डाइकिन टेक्निकल सेमिनार’ सम्पन्न

काठमाडौं । हिमाल रेफ्रिजरेसन तथा इलेक्ट्रिकल इन्डस्ट्रीज प्रा.लिले जापानी ब्रान्ड डाइकिनको प्रविधिमा आधारित ‘डाइकिन टेक्निकल सेमिनार’ सम्पन्न गरेको छ ।

राजधानीमा ‘राइज अफ इनोभेसन’ भन्ने मूल नाराका साथ आयोजित उक्त सेमिनारमा डाइकिन इन्डियाका प्रतिनिधि, हिमालका ग्राहक, एचभिएसी कन्सल्टेन्ट, इञ्जिनियर, आर्किटेक्ट लगायतको सहभागी रहेका थिए ।

कार्यक्रममा हिमाल रेफ्रिजरेसनका प्रबन्ध निर्देशक कमल चौधरीले कम्पनीले सन् १९९८ देखि जापानको डाइकिन ब्रान्ड नेपालमा ल्याई बिक्री वितरण गर्दै आएको जानकारी गराए । उनले जापानबाट व्यवसाय सुरु गरी नेपालमा डाइकिनलाई सफलतापूर्वक स्थापित गर्न सकेको अनुभव पनि सुनाए ।

“सुरुमा डर थियो, नेपालमा ब्रान्डेड एसी किन्न तयार होलान् कि नहोला भनेर, तर तपाईंहरूको साथ र समर्थनले आज यो स्थानमा आइपुगेको छु,” चौधरीले भने।

उनका अनुसार हिमाल रेफ्रिजरेसन नेपालकै पहिलो आईएसओ प्रमाणित रेफ्रिजरेसन तथा इलेक्ट्रिकल सेवा प्रदायक कम्पनी हो । कम्पनीले एयर कन्डिसनिङ, हीटिङ, प्लम्बिङ, विद्युतीय तार जडान, उपकरण स्थापना, मर्मत तथा आगो नियन्त्रण प्रणालीको सेवा पनि दिँदै आएको छ।

कम्पनीका कार्यकारी निर्देशक विजयकुमार चौधरीका अनुसार हाल पनि केही ठूला परियोजनाहरू सञ्चालनमा रहेको जनाए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T