काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले २०८२ माघ ८ गते दिएको राजीनामा स्वीकृत गरेका छन्।
विसं २०७३ वैशाख २७ गतेदेखि मुख्य सचिव पदमा रही पार्टीको विधान, नियमावली तथा नीतिअनुसार जिम्मेवारी निर्वाह गरेकोमा सभापति थापाले पौडेलप्रति नेपाली कांग्रेस पार्टी तथा व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरेका छन्। साथै, उनको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गरिएको छ।
यसैबीच, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (१०), नियमावली २०७६ को नियम ४६ (ग) तथा कर्मचारी विनियमावली २०७९ को नियम १४ (क) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई केन्द्रीय कार्यालयको कायममुकायम मुख्य सचिवको जिम्मेवारी तोकिएको छ।







प्रतिक्रिया दिनुहोस्