Skip to content

ड्रोन माथि आक्रमण गरेपछि इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी

काठमाडौं । इरानका राष्ट्रपति मासउद पेज़ेश्कियनले देशका विदेशमन्त्रीलाई अमेरिकासँग ‘निष्पक्ष र समान वार्ता’ अगाडि बढाउन निर्देशन दिएका छन् ।

अमेरिकी नौसेनाले एक इरानी ड्रोन माथि आक्रमण गरेको छ । जसले अमेरिकाको विमानवाहक पोत नजिक उडान भरेको थियो । इरानी क्रान्तिकारी गार्डका तीव्र गतिका डुङ्गाहरूले पनि स्ट्रेट अफ होर्मुजमा अमेरिकी झण्डा बोकेको जहाजलाई रोक्ने प्रयास गरेका थिए ।

अमेरिकी व्हाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले भने, “राष्ट्रपति ट्रम्प सँधै कूटनीतिक उपायमा विश्वास गर्छन्, तर सफल वार्ताका लागि दुवै पक्ष तयार हुनुपर्छ।” अमेरिकी विशेष दूत स्टिभ विटकफ यसै साता टर्कीएमा इरानी अधिकारीसँग वार्ता गर्ने तयारीमा छन् ।

इरानी राष्ट्रपति पेज़ेश्कियनको यो कदमले उनले सर्वोच्च नेता आयतुल्लाह अली खमेनीको समर्थन पाएका देखाएको छ । टर्कीएले वार्ता आयोजना गर्न पहल गरिरहेको छ भने ओमान, पाकिस्तान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका विदेशमन्त्रीहरूलाई पनि वार्तामा सहभागी हुन आमन्त्रण गरिएको छ।

इरान र अमेरिकाबीच वार्ता मुख्य रूपमा न्यूक्लियर मुद्दामा केन्द्रित रहनेछ। इरानी सल्लाहकार एली शामखानीले भने, “इरानले परमाणु हतियार कहिल्यै चाहँदैन, तर यसको बदलामा अन्य पक्षले मूल्य तिर्नुपर्छ।”

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima