Skip to content

कृषि विकास बैंकले माग्यो २४२ जना कर्मचारी, कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले शाखा प्रमुखदेखि लेखपाल पदसम्मका लागि कुल २४२ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ। बैंकले प्रकाशित गरेको विज्ञापन अनुसार अधिकृत तथा सहायक स्तरका विभिन्न पदमा कर्मचारी भर्ना गर्न लागिएको हो।

बैंकका अनुसार शाखा प्रमुख पदका लागि १ जना माग गरिएको छ भने व्यवसाय अधिकृत पदमा ५२ जना आवश्यक रहेको छ। त्यसैगरी लेखा अधिकृत ९सिए र एसिसिए) पदका लागि १० जना कर्मचारी माग गरिएको बैंकले जनाएको छ।

यस्तै सहायक स्तर अन्तर्गत लेखपाल पदमा प्रदेशगत रूपमा कर्मचारी माग गरिएको छ। कोशी प्रदेशका लागि २५ जना, मधेश प्रदेशका लागि ४४ जना, बागमती प्रदेशका लागि ३० जना, गण्डकी प्रदेशका लागि २० जना, लुम्बिनी प्रदेशका लागि ३५ जना, कर्णाली प्रदेशका लागि १५ जना तथा सुदूरपश्चिम प्रदेशका लागि १० जना लेखपाल माग गरिएको छ।

बैंकले आवश्यक योग्यता पुगेका नेपाली नागरिकलाई तोकिएको समयसीमाभित्र अनलाइनमार्फत आवेदन दिन आग्रह गरेको छ। पद अनुसार न्यूनतम शैक्षिक योग्यता, उमेर हद तथा अन्य मापदण्ड बैंकले जारी गरेको आधिकारिक विज्ञापनमा उल्लेख गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life