Skip to content

नबिल बैंकले संस्थापक सेयर सर्वसाधारणलाई बिक्री गर्ने

काठमाडौं । नबिल बैंकले १ लाख २५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारण तथा संस्थागत लगानीकर्तालाई लिलाममार्फत बिक्री गर्ने भएको छ। बैंकले सूचना प्रकाशित गर्दै उक्त सेयर खुला लिलाम प्रक्रियाबाट बिक्री गर्न लागेको जानकारी दिएको छ।

नबिल बैंकका संस्थापक सेयरधनी जीत बहादुर श्रेष्ठको ५० हजार कित्ता, जिज्ञाशा अर्यालको ५० हजार कित्ता र जश श्रेष्ठको २५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो। जीत बहादुर श्रेष्ठको ५० हजार कित्ता सेयरको मूल्य ३०१.१० पैसा राखिएको छ । बाँकी सेयरको मूल्य निर्धारण गरिएको छैन् ।

बैंकका अनुसार व्यक्तिगत लगानीकर्ता, कम्पनी तथा विभिन्न संस्थाहरूले लिलाम प्रक्रियामा सहभागी भई बोलपत्र पेश गर्न सक्नेछन्। इच्छुक लगानीकर्ताहरूले सूचना प्रकाशित भएको मिति २०८२ साल फागुन १ गतेदेखि १५ दिनभित्र अर्थात् २०८२ साल फागुन १५ गतेसम्म आवेदन दिनुपर्नेछ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T