काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि तयार गरेको प्रतिज्ञा पत्र आइतबार दिउँसो २ बजे सार्वजनिक गर्ने भएको छ। कांग्रेसले केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरबाट प्रतिज्ञा पत्र सार्वजनिक गर्ने भएको हो ।
पार्टीले जारी गरेको विज्ञप्तिअनुसार फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तयार गरिएको प्रतिज्ञा पत्र औपचारिक कार्यक्रममार्फत सार्वजनिक गरिने जनाएको छ।







प्रतिक्रिया दिनुहोस्