काठमाडौं । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स कम्पनी सिजी इलेक्ट्रोनिक्सले आफ्नो विशेष ‘वर्ल्डकप मुम्बई ट्रिप योजना’ का विजेताहरूलाई फागुन १ गते, शुक्रबार मुम्बई लगेकाे छ । आगामी आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक खेल मुम्बईको वानखेडे स्टेडियमबाटै प्रत्यक्ष हेर्ने अवसर पाएका ४० जना विजेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुम्बई उडेका हुन्।
कम्पनीले गत मंसिर २९ गतेदेखि माघ १२ गतेसम्म सञ्चालन गरेको यस विशेष वर्ल्डकप लक्षित योजनामा ग्राहकहरूको उत्साहजनक सहभागिता जनाएका थिए । उक्त समयावधिमा सिजी इलेक्ट्रोनिक्स अन्तर्गतका विश्वप्रख्यात ब्रान्डहरू एलजी, सिजी, सिजी एसडीए, टिसिएल, ब्ल्याकंडेकर, गोदरेज, सेन्साई, माइडिया, केन्ट र क्राम्प्टनका उत्पादनहरू खरिद गरी हजारौं ग्राहकहरूले एसएमएसमार्फत सहभागिता जनाएका थिए। साेहि हजारौं सहभागीहरूमध्येबाट डिजिटल गोलाप्रथा मार्फत ४० जना भाग्यशाली विजेताहरू छनोट गरिएको कम्पनीले जनाएकाे छ ।
विजेताहरूले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन्। कम्पनीका अनुसार यस प्याकेजमा काठमाडौँबाट मुम्बईबाट काठमाडौँ दुईतर्फी हवाई टिकट, मुम्बईस्थित तारे होटेलमा बसाइ तथा खानपिनको व्यवस्था गरिएको छ। साथै, विजेताहरूले मुम्बईको प्रसिद्ध स्थानहरूको अवलोकन भ्रमण (सिटी टुर) गर्नुका साथै वानखेडे स्टेडियममा हुने नेपाल र वेस्ट इन्डिजबीचको रोमाञ्चक खेलको टिकट समेत प्राप्त गरेका छन्।
आफ्ना ग्राहकहरूलाई गरेको वाचा पूरा गर्न पाउँदा कम्पनीले खुसी व्यक्त गरेको छ। वानखेडे स्टेडियममा पुगेर नेपाली टोलीको हौसला बढाउन पाउँदा विजेताहरूमा बेग्लै उमंग र उत्साह छाएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका विजेताहरूले सिजी इलेक्ट्रोनिक्सको यस योजनाप्रति आभार व्यक्त गर्दै यो भ्रमण जीवनकै अविष्मरणीय क्षण हुन लागेको प्रतिक्रिया दिएका थिए। ४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा निरन्तर सेवा दिँदै आएको सिजी इलेक्ट्रोनिक्सले आफ्ना ग्राहकवर्गको माया र विश्वासलाई कदर गर्दै आगामी दिनमा पनि यस्तै रोमाञ्चक र भव्य योजनाहरू निरन्तर ल्याइरहने प्रतिबद्धता व्यक्त गरेको छ।





प्रतिक्रिया दिनुहोस्