Skip to content

मंगलबार डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

nabil bank

काठमाडौं । मध्यपूर्वी देशहरूमा बढ्दो युद्ध र हवाई क्षेत्र प्रतिबन्धका कारण नेपालका अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार पूर्वनिर्धारित १६ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्। जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका कतिपय उडान स्थगित भएका हुन्।

रद्द भएका उडानहरू कुवेत, सारजहाँ, आबुधाबी, दुबई र दोहातिरका थिए। मध्यपूर्वी देशहरूका एयरस्पेस बन्द रहँदा अन्य अन्तर्राष्ट्रिय मार्गहरू सामान्य रूपमा सञ्चालनमा रहेका विमानस्थल कार्यालयले जनाएको छ।

आज ९ देशकाे हवाई मार्ग पनि बन्द रहेकाे छ ।  यसिदन कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको हवाई मार्ग पनि बन्द रहे।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi