काठमाडौं । बिहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका दिन पनि आन्तरिक उडान सञ्चालन हुने भएको छ ।
नेपाल वायुसेवा संचालक संघले विज्ञप्ति जारी गर्दै संघमा आबद्ध वायुसेवा कम्पनीहरूले आवश्यकता अनुसार आन्तरिक उडान सञ्चालन गर्ने जानकारी दिएको हो ।
निर्वाचनको दिन यती एयरलाइन्सले भने सम्पूर्ण उडान सेवा स्थगित गर्ने सूचना जारी गरेको छ । कम्पनीले सार्वजनिक सूचना जारी गर्दै निर्वाचनका कारण उक्त दिन सबै आन्तरिक उडान नहुने जानकारी दिएको हो ।












प्रतिक्रिया दिनुहोस्