Skip to content

निर्वाचन बिदामा पनि बैंकका यी शाखाले ग्राहकलाई सेवा दिने

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरे पनि अधिकांश बैंकका खुला रहने भएका छन् ।  अत्यावश्यक कारोबारलाई मध्यनजर गर्दै बैंकहरुले केही शाखाबाट सीमित सेवा उपलब्ध गराउने जानकारी दिएका हुन् ।
फागुन २२ गते बैंकहरुले विभिन्न प्रदेशका तोकिएका शाखा खुला राखी नगद काउन्टर, क्लियरिङ लगायत सेवा उपलब्ध गराउने जानकारी दिएका छन्। बैंकहरूले सार्वजनिक बिदाको अवधिमा डिजिटल बैंकिङ सेवा, एटिएम, मोबाइल तथा इन्टरनेट बैंकिङ नियमित रूपमा सञ्चालनमा रहने जानकारी दिएका छन् । आवश्यक परे नजिकको होलिडे काउन्टरबाट सेवा लिन केही बैंकले ग्राहकलाई आग्रह गरेका छन्।
 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima