काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा नारायण बजाज नियुक्त भएका छन् ।
सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले बजाजलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले कम्पनीमा लक्ष्मी कर्प नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै आएका छन् ।
यसअघिका अध्यक्ष सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएपछि चैत १९ गते राजीनामा दिएका थिए ।












प्रतिक्रिया दिनुहोस्