काठमाडौं । लेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्षको अवसरमा साना घरायसी उपकरण श्रेणीअन्तर्गत “एक्सपेरियन्स लाइफ विथ सीजीस् भरोसा नेपालीको, उत्सव नयाँ वर्षको” अभियान सार्वजनिक गरेको छ। दैनिक जीवनलाई सहज, स्मार्ट र आरामदायी बनाउने उद्देश्यका साथ सिजीले आफ्ना आधुनिक साना घरेलु उपकरणहरूलाई आकर्षक अफर र उपहारहरूमार्फत उपभोक्तामाझ प्रस्तुत गरेको हो।
यस विशेष योजना अन्तर्गत ग्राहकहरूलाई सिजीका विभिन्न साना घरायसी उपकरणहरू खरिद गर्दा प्रत्येक १५ दिनमा ुसेट अफ ५ प्रोडक्ट्सु क्यूआर कोड स्क्यान गरी जित्ने विशेष अवसर उपलब्ध गराइएको छ। यस अभियानको मुख्य आकर्षणका रूपमा बम्पर उपहार राखिएको छ, जसमा भाग्यशाली विजेताले विश्वप्रसिद्ध मेघौली सराहीमा लक्जरी स्टे तथा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने सुवर्ण अवसर प्राप्त गर्नेछन्।
ग्राहकहरूले सामान खरिद गरेपछि उपलब्ध क्यूआर कोड स्क्यान गरी सजिलै र पारदर्शी रूपमा यस योजनामा सहभागी हुन सक्नेछन्। यो योजना चैत २२ गतेदेखि सीमित अवधिका लागि देशभर लागू भइसकेको छ।












प्रतिक्रिया दिनुहोस्