Skip to content

नागढुङ्गा सुरुङमार्गमा सवारी साधानको वर्गीकरण अनुसार शुल्क तोकियो, काठमाडौं प्रवेश गर्दा महंगो

nabil bank

काठमाडौं । सरकारले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि उपभोग दस्तुर तोकेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै सवारी साधनको वर्गीकरण अनुसार शुल्क तोकेको हो ।

सरकारले मन्त्रिपरिषद्को निर्णय अनुसार सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी उक्त दस्तुर लागु गरेको हो ।

पहिलो वर्गमा कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारी साधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नु पर्नेछ ।

दोस्रो वर्गका मिनी बस, मिनी ट्रिपररट्रक रहेका छन् । यी सवारी साधनले काठमाडौँ प्रवेश गर्दा ११५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ तिर्नु पर्नेछ ।

तेस्रो वर्गका सिङ्गल रियर एक्सलयुक्त बस, ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्छ ।

यस्तै चौथो वर्गमा मल्टी एक्सल ट्रक र भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi