Skip to content

रास्वपाले प्रधानमन्त्री शाहलाई भन्यो- श्रममन्त्री साहलाई हटाउनु, स्वास्थ्यमन्त्री निशालाई सचेत गराउनु

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहलाई मन्त्री पदबाट हटाउन प्रधामन्त्रीलाई सिफारिस गरेको छ ।

मन्त्री भएको समयमा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय राखिएको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियुक्त गरेको भन्दै पार्टीले मन्त्रीबाट हटाउन सिफारिस गरेको हो ।

पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनले मन्त्रीले पार्टीको निति बिपरीत काम गरेको पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउने काम गरेको जनाएको छ ।

यस्तै पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने व्यवस्था भएकोले निज माननीय मन्त्रीलाई जिम्मेवारीबाट अलग गर्नु रास्वपाले प्रधानमन्त्रीलाई गरेको सिफारिसमा उल्लेख छ ।

साथै गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीर्यता नदेखिएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई सचेत गराउन रास्वपाका सभापति रवि लामिमछानेले सिफारिस गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi