Skip to content

अदालतको आदेशपछि रोकिएको मंहासघको निर्वाचन वैशाख तेस्रो साता

nabil bank

काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि रोकिएको नेपाल उद्योग वाणिज्य मंहासघको साधारण सभा तथा निर्वाचन वैशाख २१ र २२ गते हुने भएको छ ।

आज महासघंको पदाधिकारी बैठक बसेर उक्त निर्णय गरेको हो ।

बैठकले अदालती मुद्दाको विषयमा कानुनी परामर्श गरी निर्वाचन गर्ने निर्णय गरेको बताइएको छ । महासंघ पदाधिकारी बैठकको निर्णय अनुमोदनका लागि वैशाख ९ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

चैत २९ र ३० गतेका लागि तोकिएको निर्वाचन एवम् साधारण सभा उच्च अदालत पाटनले रोकेको थियो । बस्तुगत तर्फको सदस्य पेट्रोलियम ढुवानी महासघको उजुरीपछि अदालतले निर्वाचन रोकेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi