Skip to content

एफवानसफ्ट इन्टरनेशनलका नयाँ प्रमुखमा सनत कुमार पौडेल

nabil bank

काठमाडौँ। एफवानसफ्ट इन्टरनेशनल ले २२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सनत कुमार पौडेल लाई नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको घोषणा गरेको छ।

सह–संस्थापक तथा निर्देशक सुबास शर्मा पछि अब कम्पनीको नेतृत्व पौडेलले गर्नेछन्। शर्मा करिब एक दशकभन्दा बढी समय प्रमुख कार्यकारी अधिकृतका रूपमा रहेर मोबाइल भुक्तानी, डिजिटल वालेट, अन्तरसञ्जाल भुक्तानी व्यवस्था र डिजिटल ऋण प्रणाली जस्ता सेवाको विकास र विस्तारमा मुख्य भूमिकामा रहेका थिए। अब उनी निर्देशकका रूपमा रणनीतिक दिशानिर्देशनमा रहनेछन्।

पौडेल हाल फोननेक्स्ट प्रालि का प्रमुख कार्यकारी अधिकारी पनि छन्। नयाँ जिम्मेवारीसँगै उनी दुवै संस्थाको नेतृत्व गर्नेछन्। यसअघि उनले नबिल बैंक मा दस वर्षभन्दा बढी समय काम गर्दै भुक्तानी प्रविधि व्यवस्थापन र डिजिटल रुपान्तरण कार्यक्रमको नेतृत्व गरेका थिए। दुई दशकभन्दा बढी अनुभव भएका उनी सूचना–प्रविधि क्षेत्रका अनुभवी व्यक्ति मानिन्छन्।

सुबास शर्माले नेतृत्व हस्तान्तरणका क्रममा कम्पनीको २२ वर्षे यात्रा सामूहिक मेहनतको नतिजा भएको उल्लेख गर्दै आगामी यात्रामा पौडेलको नेतृत्वले संस्थालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

एफवानसफ्ट नेपालमा मोबाइल भुक्तानी सेवा सुरु गर्ने प्रारम्भिक संस्थामध्ये एक हो। हाल देशका प्रमुख डिजिटल वालेट, अन्तरसञ्चालन भुक्तानी व्यवस्था तथा डिजिटल ऋण प्रणाली चलायमान बनाउन मद्दत गर्ने विस्तृत संरचना निर्माण गर्दै आएको कम्पनीले बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरेर वित्तीय पहुँच विस्तार र ‘नगदरहित अर्थतन्त्र’ तर्फको यात्रालाई तीव्र बनाएको छ।

नेतृत्व ग्रहण गर्दै पौडेलले एफवानसफ्टको दुई दशकपछि प्रवेश गरेको नयाँ चरणलाई अझ मजबुत बनाउँदै प्रविधि नेतृत्व सुदृढ गर्नु, सेवा विस्तारलाई गति दिनु र नेपालको वित्तीय प्रविधि क्षमतालाई अन्तर्राष्ट्रिय तहमा स्थापित गर्नु मुख्य लक्ष्य रहेको बताए।

कम्पनीले तेस्रो दशकमा प्रवेशसँगै संगठनात्मक क्षमता वृद्धि, सुशासन, दीर्घकालीन प्रभाव विस्तार तथा विश्वस्तरीय वित्तीय प्रविधि विकासतर्फ अघि बढ्ने लक्ष्य राखेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi