काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आफ्नो सहायक कम्पनी सिडिएससीको सञ्चालकबाट प्रविन पन्दाकलाई हटाउने निर्णय गरेको छ ।
नेप्से सञ्चालक समितिको बैठकले पन्दाकलाई सञ्चालक समितिबाट हटाउने निर्णय गरेको एक सञ्चालकले लगानी न्यूजलाई बताए ।
हाल पन्दाक सिडिएससीमा प्रबन्ध निर्देशक तथा कार्यकारी प्रमुख र सञ्चालक समितिको सदस्य रहेकी छिन् । आज बसेको बैठकले पन्दाकलाई सञ्चालकबाट हटाउने निर्णय गरेको हो ।
‘‘नेप्से सञ्चालक समितिबाट पन्दाकलाई हटाउने निर्णय मात्रै भएको छ’’ ति सञ्चालकले भने ‘‘उहाँ कार्यकारी प्रमुख भने रहनुृ हुनेछ । सोमबार उहाँ नेप्से आउनु पर्दैन । उहाँको कार्यालय सिडिएससी नै हुनेछ ।’’ ति सञ्चालकका अनुसार पन्दाकलाई केही समयका लागि मात्रै सिडिएससीको सञ्चालकबाट हटाएको हो ।
उनले थपे ‘‘पछि त्यहाँ सायद उहाँ नै सञ्चालक रहनुहुनेछ । उहाँको ठाँउमा अहिले कसैलाई पनि नियुक्त गरिएको छैन ।’’












प्रतिक्रिया दिनुहोस्