काठमाडौ । टक्सार पिखुवा खोला हाइड्रोपावर कम्पनीले बैशाख २३ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकोे छ ।
कम्पनीले जारी पुँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँको ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ ।
जसमा आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि १२ लाख कित्ता, श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा जानेका लागि ३ लाख ३ हजार ६७ कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कर्मचारीका लागि ६० हजार ६१३ कित्ता बाँडफाँट गरिसकेको छ।
कम्पनीले सर्वसाधारणका लागि २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँको २५ लाख १५ हजार ४५५ कित्ता सेयर निष्कासन गर्न लागेको छ ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा बैशाख २८ गतेसम्म आवेदन दिन सकिने छ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड सी आश्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।












प्रतिक्रिया दिनुहोस्