Skip to content

सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै स्नो रिभर्स

nabil bank

काठमाडौं । स्नो रिभर्स कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन गरेपछि सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँको १८ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ ।

कम्पनीले ९ लाख ३७ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका र ९३ हजार ७५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेको छ ।

कम्पनीले सामूहिक लगानी कोषका लागि ४६ हजार ८७५ कित्ता, कर्मचारीका लागि १८ हजार ७५० कित्ता सेयर कर्मचारीका लागि निष्कासन गरिसकेको छ ।

कम्पनीले ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँको ७ लाख ७८ हजार १२५ कित्ता सेयर सेयर निष्कासन गर्न लागेको छ । बैशाख २९ गतेदेखि निष्कासन गर्ने आईपीओमा जेठ १ गतेम्मि आवेदन दिन सकिने छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi