Skip to content

सेयर बजार र कारोबार रकम दुबै घट्यो

काठमाडौं । बिहीबार सेयर बजार घटेर बन्द भएको छ। बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ५.७३ अंक घटेर २७३८.७२ विन्दुमा झरेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.०७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक घटेको छ।

सेयर बजारसंगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब ९८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार रुपैयाँबराबरको १ करोड ९ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।

आज श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । आज यस कम्पनीको सेयर मूल्य १२.५७ प्रतिशत बढेको छ। आज शिखर पावर डेभलपमेन्ट र एशियन हाइड्रोपावरको सेयरमूल्य करिब ८ प्रतिशत बढेको छ । कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन सर्वाधिक १०.३८ प्रतिशत घटेको छ।

आज कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स उच्च स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ७५ लाख ६८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima