काठमाडौं । निवर्तमान अर्थमन्त्री रामेश्वर खनालले सरकारले आगामी आर्थिक वर्षका लागि निर्माण गरिरहेको बजेटका लागि आफ्नो अध्यक्षतामा बनेको आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सुझाव दिएका छन् ।
आज आयोजित छलफलमा उनले आगामी आवको बजेटका लागि विभिन्न ७ वटा सुझाव दिएका छन् । पूर्वमन्त्री खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गरेका छन् । स्वयम खनालको अध्यक्षतामा बनेको आयोगले २०८१ चैतमा सरकारलाई प्रतिवेदन बुझाएको थियो । त्यही प्रतिवेदन कार्यान्वयन गर्न खनालले सुझाव दिएका छन् ।
यस्तै तयारी नभएको खुद्रा र टुक्रे आयोजनामा बजेट नछर्न, विद्युतमा मुअ कर नलगाउन सुझाव दिए ।
यस्तै पूर्वअर्थमन्त्री शंकर कोइरालाले पनि रामेश्वर खनाल लगायतका पुराना आर्थिक प्रतिवेदनहरू अनुशरण गर्न सुझाव दिएका छन् । उनले विद्युत् व्यापारका लागि निनी क्षेत्रलाई खुला गर्न, आयोजना निर्माणका लागि वनको अप्ठ्यारो फुकुवा गर्न सुझाव दिएका छन् ।
यस्तै उनले नयाँ उद्योग र औद्योगिक क्षेत्र स्थापना गर्ने प्रयास गर्न, हेजिङ पोलेसी अगाडि बढाउन, जनार्दन शर्माको पालामा अघि बढीको कार्य अघि बढाउन, पुराना उद्योग जगाउने कुरा कति व्यवहारिक छ, त्यसलाई सोच्न सुझाव दिएका छन् । साथै सरकारले नयाँ कपडा उद्योग चलाउनु पर्ने सुझाव दिएका छन् ।












प्रतिक्रिया दिनुहोस्