काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ भित्रको आन्तरिक विवाद र निर्वाचन प्रक्रियालाई लिएर परेको मुद्दामा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। अदालतको यो निर्णयसँगै महासंघको कार्यसमिति बैठक र पूर्वनिर्धारित निर्वाचन प्रक्रिया अगाडि बढाउन कानुनी बाटो खुलेको छ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र कार्यसमितिको निर्णयविरुद्ध किशोर कुमार प्रधान लगायतले निषेधाज्ञाको माग गर्दै जेठ ४ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। यसअघि जेठ ६ गते न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको इजलासले ‘कारण देखाऊ आदेश’ जारी गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो।
बिहीबार न्यायाधीशद्वय लालबहादुर कुँवर र दीपक खनालको संयुक्त इजलासले दुवै पक्षको बहस सुनेपछि ‘अन्तरिम आदेश जारी गर्नु नपर्ने’ फैसला सुनाएको छ। यसको अर्थ, विपक्षीले माग गरे बमोजिम महासंघको निर्णय वा निर्वाचन प्रक्रिया रोक्नुपर्ने अवस्था अदालतले देखेको छैन।
प्रतिक्रिया दिनुहोस्