काठमाडौं । चालु आर्थिक वर्षको वैशाखमा सरकारले घरजग्गा कारोबारबाट ६ अर्ब २६ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार वैशाख महिनामा १ लाख ६९ हजार ५ सय ३८ पटक घरजग्गा कारोबार भएको छ । यसैगरी, वैशाखमा लिखत पारित ५८ हजार ८ सय ८६ पुगेको छ।
विभागका अनुसार वैशाख महिनामा सबैभन्दा धेरै राजस्व संकलन गर्नेमा काठमाडौँ उपत्यकाका मालपोत कार्यालयहरू छन् । वैशाखमा डिल्लीबजार मालपोत कार्यालयले ५९ करोड ९१ लाख २५ हजार ८९४ रुपैयाँ राजस्व संकलन गरेको छ ।
यसैगरी, लगनखेल (ललितपुर) कार्यालयले ५२ करोड ९६ लाख ७७ हजार १९२ रुपैयाँ र भक्तपुर कार्यालयले ४७ करोड १४ लाख १९ हजार ४५१ रुपैयाँ संकलन गरेका छन् ।
चाबहिल कार्यालयले ४२ करोड ६५ लाख १० हजार १११ रुपैयाँ र कलंकी कार्यालयले ४१ करोड ९९ लाख ३२ हजार ८२ रुपैयाँ राजस्व संकलन गरेका छन्। उपत्यकाबाहिर कास्की (पोखरा)ले २६ करोड २६ लाख ५५ हजार ४७३ रुपैयाँ र चितवन कार्यालयले २१ करोड १ लाख २० हजार ८६४ रुपैयाँ राजस्व संकलन गरेका छन्।
वैशाखमा संकलित कुल ६ अर्ब २६ करोडमध्ये रजिस्ट्रेसन दस्तुरबाट ३ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ र पूँजीगत लाभकरबाट २ अर्ब ५५ करोड २४ लाख रुपैयाँ संकलन भएको छ । यसैगरी, सेवा करबाट ३४ करोड ४० लाख रुपैयाँ र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट ४ करोड ४८ लाख रुपैयाँ संकलन भएको छ ।












प्रतिक्रिया दिनुहोस्