काठमाडौं । सार्वजनिक संस्थानमा राज्यको सेयर स्वामित्व ४ खर्ब ३७ अर्ब ८० करोड १२ लाख पुगेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानमा आर्थिक वर्ष २०८०/८१ को तुलनामा चुक्ता पुँजी (सेयर लगानी वापत प्राप्त अग्रिम भुक्तानी सहित) २.३८ प्रतिशतले बढेर ४ खर्ब ३७ अर्ब ८० करोड १२ लाख पुगेको छ।
सरकारको स्वामित्व गत समीक्षा अवधिको तुलनामा ०.२९ प्रतिशत बिन्दुले घटेर ९१.६८ प्रतिशत कायम भएको छ भने अन्य संस्थान तथा निजी क्षेत्रको ८.३२ प्रतिशत सेयर स्वामित्व पुगेको छ ।
क्षेत्रगत रूपमा विश्लेषण गर्दा सामाजिक क्षेत्रमा शतप्रतिशत, सेवा क्षेत्रमा ९९.५४ प्रतिशत, व्यापारिक क्षेत्रमा ९९.८१ प्रतिशत, जनोपयोगी क्षेत्रमा ९८.८४ प्रतिशत र औद्योगिक क्षेत्रमा ९५.६७ प्रतिशत सरकारको स्वामित्व रहेको छ। वित्तीय क्षेत्रका सार्वजनिक संस्थानमा नेपाल सरकारको सेयर स्वामित्व सबैभन्दा कम ६४.४१ प्रतिशत सेयर रहेको छ भने अन्य संस्थान तथा निजी क्षेत्रको ३५.५९ प्रतिशत रहेको छ ।














प्रतिक्रिया दिनुहोस्