Skip to content

रास्वपाको बाचापत्र अनुसार बजेट, ५ बुँदे करारपत्रको भावना समेटिएको छ: डा.स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटले रास्वपाले अघि सारेको ५ बुँदे करारपत्रको भावनालाई आत्मसात् गरेको बताएका छन्।
आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटकाे प्राथमिकता र कार्यक्रमबारे विस्तृत जानकारी दिन अर्थमन्त्रीले सञ्चारकर्मीसँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेका  छन् ।  डा.वाग्लेले सरकारले प्रस्तुत गरेको बजेट रास्वपाको सुशासन, सदाचार र रोजगारी केन्द्रित अवधारणासँग मेल खाने बताए। रास्वपाले अघि सारेका प्राथमिकतामध्ये अधिकांश विषय बजेटमा समेटिएको उनको भनाइ थियो।
उनले आगामी आर्थिक वर्षमा १० लाखदेखि १२ लाखसम्म रोजगारी सिर्जना गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गरे। रास्वपा राजनीतिमा आएपछि सुशासन र सदाचारको विषयले थप महत्त्व पाएको भन्दै बजेटले पनि त्यसलाई आत्मसात् गरेको दाबी गरे।
बजेटको आकार तथा सार्वजनिक ऋणका विषयमा बजारमा विभिन्न किसिमका आलोचना भइरहेको जानकारी आफूले पाएको उनले बताए। हरेक वर्ष बजेट ठुलो आयो भन्ने र कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुने गरेको उल्लेख गर्दै उनले बजेटलाई केवल अंकका आधारमा मूल्याङ्कन गर्न नहुने धारणा राखे।
“अर्थशास्त्रमा केवल अंक हेरेर निष्कर्ष निकालिँदैन। ठूला अंकलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी)सँग तुलना गरेर हेर्नुपर्छ,” उनले भने।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T